
बिर्तामोड, ८ असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभाका असोज ९ गते (भोलि) देखि शुरु हुने भएको छ ।
संस्थाको १२ औं वार्षिक साधारण सभा अन्तरगत इकाइगत साधारणसभा भोलिदेखि हुने भएको हो । संस्थाको असोज ९ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा १६ गतेसम्म हुनेछ भने अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते नै हुनेछ ।
संस्थाको इकाइगत साधारण सभाको कार्यतालिका अनुसार असोज ९ गते सदस्य सेवा केन्द्र धुलाबारीको मेची सहकारीको सभाहलमा, १० गते सदस्य सेवा केन्द्र दुहागढीको राम जानकी मन्दिर, धाइजनमोडमा, ११ गते सदस्य सेवा केन्द्र शनिश्चरेको पितृ भवनमा, १२ गते सदस्य सेवा केन्द्र दुर्गापुरको दलित सामुदायिक भवनमा, १२ गते सदस्य सेवा केन्द्र चैतुबारीको पञ्चरत्न माविको सभाहल र १६ बिर्तामोडको अग्रसेन भवनमा हुने संस्थाका सचिव सूर्यकुमार खतिवडाले जानकारी दिनुभयो ।
साधारण सभाको अन्तिम माइन्युट प्रमाणीकरण कार्यक्रम असोज १६ गते अग्रसेन भवन बिर्तामोडमा दिउँसो २ः०० बजेदेखि शुरु हुने जनाइएको छ ।
साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत एवम् पारित, लेखा परीक्षण प्रतिवेदन प्रस्तुत एवम् पारित, आव २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत एवम् पारित, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका कार्यक्रम रहने संस्थाले जनाएको छ ।



