
झापा, १२ असोज । आइतबार (असोज १३ गते) बेलुकीबाट वर्षा हुने क्रम ह्वात्तै घट्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार भोलि दिउँसोदेखि वर्षाको मात्रा कम हुँदै जाने र बेलुका निकै घट्ने सम्भावना छ।
महाशाखाले भनेको छः आइतबार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मात्र मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
आइतबार रातिबाट भने वर्षा निकै कम भएर जाने आकलन मौसम महाशाखाले गरेको छ। महाशाखाले बुलेटिनमा भनेको छ– आइतबार राति कोसी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै सोमबार दिउँसो सबै प्रदेशका तर एक/दुई स्थानमा मात्र मेघगर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार राति कोसी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।


