
झापा, २३ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २२ गते साँझ लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अर्जुनधारा नगरपालिका–४ का २० वर्षीय पुष्प तुम्वापोको साथबाट ३ ग्राम ब्राउन सुगर फेला पारी निजलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


