
सुनसरी, २३ असोज । सुनसरीको हरीनगर गाउँपालिका–७ बाट नक्कली नोटसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २२ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका–७ की ३१ वर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाँको नक्कली नोट १ हजार दरको ५० थान र निषेधित औषधी नाईट्रोसन १०० चक्की समेत बरामद गरेको थियो ।
नक्कली नोट र निषेधित औषधीसहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


