
झापा, १४ कात्तिक । आज काग तिहार । काग तिहारको अवसरमा ‘२१औँ काग सम्मेलन’ गरिएको छ । विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलाल (कागे) ले काठमाडौंको नारायणहिटी अगाडि कागहरूलाई भेला गराएर सम्मेलन सम्पन्न गरेका हुन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । उनले सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए ।
कागसँग उसको भाषा बुझेर, कागको स्वभावअनुसार बोलाउँदा कागलाई भेला गर्न सकिने उनले बताए । कागतिहारको दिन दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा छ।
Facebook Comments Box


