
झापा, १४ कात्तिक । झापाको दमकमा पटका पड्काउने क्रममा बालक घाइते भएका छन् ।
हिजो साँझ ५ बजे झापाको दमक नगरपालिका–६ निवासी ६ वर्षीय विद्यम अग्रवाल पटका पड्काउने क्रममा अनुहारमा चोट लागेर घाइते भएका हुन् । उनलाई तुरुन्तै उपचारको लागि लाईफ लाईन अस्पताल दमकमा लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई भारतको सिलगुडी रेफर गरिएको छ । घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


