
कनकाई, १५ कात्तिक । झापाको कनकाई नगरपालिका–६ नम्बर वडामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि माओवादी केन्द्रका तर्फबाट उम्मेद्वार तोकिएको छ ।
आज पार्टीका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त वार्डका लागि स्थानीय युवा नेता तथा पार्टीका जिल्ला सदस्य गणेश थापालाई पार्टीका तर्फबाट उम्मेद्धार तोक्नुभयो । श्रेष्ठले खादा माला र अबिर लगाएर पार्टीका तर्फबाट उम्मेद्धार तोक्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुदै आफुहरुले सुशासन कायम गर्न खोज्दा सरकार ढालेको बताउँदै जसको निति उसको नेतृत्व हुँदामात्रै यो व्यावस्थाको रक्षा हुने भएकोेले माओवादीका उम्मेद्धारले जित्नु आवश्यक रहेको बताउँनुयो । बर्तमान सरकारका कामकार्वाहीका कारण सरकार र यो व्यावस्थाप्रति जनताको नैराश्यकता बढेको बताउँदै संविधानको सहि कार्यान्वयनका लागि माओवादी नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
हामीले व्यावस्था त परिवर्तन गयौ अब अवस्था परिवर्तन गर्नुपर्छ, धनी झन धनी हुने गरिब झन गरिब हुने व्यावस्था हामीलाई चाहिएको होईन सबैलाई समान पहुचमा राज्यको ध्यान पुर्याउनका लागि हामीलाई समाजवादसम्ममा पुग्नका लागि व्यावस्था परिवर्तन गरिएको हो नेता श्रेष्ठले भन्नुभयो । हामीले सबै जनतालाई विकासको लाभ दिनुपर्छ त्यसमा पनि गरिब र तत्लो बर्गका जनतालाई हामीले हेर्नुपर्छ सामाजिक न्यायको सिद्धान्तलाई परिपालना गर्नुपर्छ नेता श्रेष्ठले भन्नुभयो ।
अब जनताले नयाँ ढंगले सोच्ने बेला आएको भन्दै अबपनि एमाले कांग्रेसको भर पर्ने हो भने देश बर्वादीको दिशामा जाने नेता श्रेष्ठको भनाई थियो । समाजमा हेपिएर रहेका मजदुर, श्रमजिवि दलित, महिलाहरुलाई नयाँ जीवन दिनका लागि पनि माओवादीका उम्मेद्धारलाई जिताउनुपर्ने नेता श्रेष्ठको भनाई थियो । राजनैतिक परिवर्तन हामीलाई चाहिएकै थियो त्यो हामीले माओवादीकै कारण प्राप्त गयौ अब सामाजिक परिवर्तन र तल्लो बर्गका नागरिकको जीवनस्तर उकास्नका लागि माओवादीलाई जिताउनु आवश्यक छ सरकारका सफल गृहमन्त्री समेत रहनुभएका श्रेष्ठले बताउँनुभयो ।
देशमा विकास र समृद्धिका लागि सबैभन्दा पहिले भ्रष्टाचारको नियन्त्रण गर्नुआवश्यक रहेको बताउँदै कानुनको शासन लागु गर्ने र सबै नेपालीलाई समान व्यवहार गर्ने र राज्यदोहन गर्नेलाई कार्वाही गर्न थालेपछि भ्रष्टाचारीहरुले अत्तालिएर सरकार ढालेको नेता श्रेष्ठको भनाई थियो । सरकारमा रहेका भ्रष्टाचारीलाई कार्वाह ीगर्नका लागि जनतालाई आव्हान गर्दै त्यसको सुरुवात कनकाई ६ मा यी दललाई हराएर गरिदिन पनि पुर्वगृहमन्त्रीको आग्रह थियो ।
यता माओवादी पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजयले युवा नेता र जनताको पक्षका उम्मेद्धार गणेश थापा भएको भन्दै उनले विजयीपछि गर्ने सबै कामहरु पारदर्शी र जनमुखी हुने भन्दै मतदान गर्न आव्हान गर्नुभयो ।
कनकाई ६ मा तत्कालिन वडाध्यक्ष दिर्घबहादुर थापाको निधन भएपछि त्यस क्षेत्रमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुदै छ । यस क्षेत्रका लागि माओवादी केन्द्रले उम्मेद्धारी तोकेको छ । उम्मेद्धारी घोषणामा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्र्टीका केन्द्रिय सदस्य झलकसिंह दर्लामी शन्देश, केन्द्रिय सदस्य धर्मशीला चापागाई, युवा नेता तथा केन्द्रिय सदस्य रन्जित तामाङ्ग, पार्टीका केन्द्रिय सदस्य हरिकुमार राना, प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजय, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, लगायातलेृ गणेश थापालाई उम्मेद्धार घोषणा गर्नुुभएको हो । अब तिहार लगत्तै उम्मेद्धारले घरदैलो कार्यक्रमको सुरुवात गर्ने पार्टीका नगर अध्यक्ष यामनाथ सेढाईले बताउँनुभयो ।
कार्यक्रम माओवादी केन्द्रका कनकाई ६ का वडाध्यक्ष रेवतबहादुर रेग्मीको सभापतित्व तथा पार्टीका नगर सहसचिव कृष्ण खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो ।



