
बनियानी, १६ कात्तिक । झापाको मेचीनगरमा बिहीबार बेलुका आगलागी हुँदा रू सात लाख बराबरको क्षति भएको छ ।
मेचीनगर–६ काँकरभिट्टाका प्रेम गुरुङको घरको भुई तल्लामा रहेको न्यू सागर होटलको फ्रिजबाट आज राति ८ बजे अचानक विद्युत सर्ट भई आगलागी हुँदा रू सात लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
आगलागी प्रहरी, स्थानीयबासी र मेचीनगर नगरपालिकाको २ वटा दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट होटल भित्र रहेको भाडावर्तन, फ्रिज, अन्य फर्निचर लगायतका सर–सामान पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


