
झापा, १६ कात्तिक । कैलाली र डडेल्धुरामा तास खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई साढे चार लाख भन्दा धेरै रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नारास्थित कुखुरा फर्मबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट २६ हजार ४ सय २० रुपैयाँ र एक गड्डी तास पनि बरामद गरेको छ।
त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेतमा तास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरुलाई ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ र १६ गड्डी ताससहित पक्राउ गरिएको हो।
Facebook Comments Box


