
झापा, १६ कात्तिक । सुनसरीको धरान उप–महानगरपालिका–२ भानुचोक स्थितबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
कात्तिक १५ गते साँझ वडा प्रहरी कार्यालय धरानबाट खटीएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार मोरङ केराबारी गाउँपालिका–५ का १८ वर्षीय आकास लिम्बुको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी अस्थाई प्रहरी पोष्ठ कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते दिउँसो बेलका नगरपालिका–८ हात्तिसुडे स्थितबाट २५ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


