
झापा, १७ कात्तिक । मोरङमा १० जना जुवाडे पक्राउ परेका छन् । शुक्रबार राति विराटनगर महानगरपालिका–११ स्थित संगम पार्टी प्यालेसबाट १० जना जुवाडे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार स्थानीय ६१ वर्षीय राजन कँडेलसहित १० जना पक्राउ परेका छन् । उनीहरुबाट दश लाख, ६ हजार ९ सय पन्चानब्बे र पाँच बुक तास समेत बरामद गरिएको उनले बताएका छन् । पार्टी प्यालेस सञ्चालक ५९ वर्षीय पदम श्रेष्ठ समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
Facebook Comments Box


