
झापा, २९ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो अर्जुनधारा–७ स्थित बिरिङ खोलाबाट मे १ त ५३२६, मे १ त ७५२९, प्र १–०१–००१ त ९३००, मे १ त ८४२०, मे १ त ८८६६, मे १ त ६०८०, मे १ त २४८३, मे १ त ७२९४ र तत्काल नम्बर नखुलेको १ वटा गरी नौ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अवैध रुपमा गिटी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, सुरक्षा बेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी टोली र अर्जुनधारा नगरपालिकाबाट खटिएको नगर प्रहरीको संयुक्त टोलीले फेला ती ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकाको कार्यालयमा बुझाइएको छ ।


