
झापा, १ मंसिर । भन्सार छलेर अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सात बोरा कपडा प्रहरीले बरामद गरेको छ ।
आज दिउँसो बिर्तामोड–५ महानन्द चोकमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा चेकप्वाइन्ट टोलिले काँकडभिट्टाबाट बिर्तामोडतर्फ जादै गरेका विभिन्न सवारी साधन चेक जाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको २ लाख ५० हजार रुपैयाँ बराबरको ७ बोरा विभिन्न किसिमका कपडा बरामद गरिएको हो ।
बरामद कपडा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदन कुमार रसाइलीले जानकारी दिनुभयो ।
Facebook Comments Box


