
झापा, १ मंसिर । झापाको बिर्तामोडस्थित रामचोकमा आज साँझ दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
आज साँझ करिब ६ बजे बिर्तामोड–२ रामचौकस्थित पूर्वपश्चिम राजमार्गमा चारपानेबाट मुक्ति चौकतर्फ आउँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक शिवसताक्षी नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी उनलाई बिर्तासिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उनलाई थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे डाक्टरले मृत घोषणा गरेको थियो ।
Facebook Comments Box


