झापा, १३ मंसिर । ‘भाटभटेनीको जग्गा लिनु गलत’ भनी अभिव्यक्ति दिने तथा सामाजिक सञ्जालमा लेख्ने एक जना एमाले नेतालाई सो पार्टीले निलम्बित गरेको छ ।
नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गादान लिनु गलत भनेकै आधारमा आफूलाई पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । निलम्बनको प्रक्रिया समेत पूरा नगरिएको उनको भनाइ छ ।
पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको निर्णय गरेको थियो । पार्टीलाई हानी–नोक्सानी पु¥याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्ने लगायत गतिविधि गरेको भन्दै मंगलबार पार्टी सदस्यबाट निलम्बन गरिएको पत्र सार्वजनिक भएको थियो । उनले भनेका छन्– मिनबहादुर गुरुङबाट जग्गादान लिनु गलत भन्दै सामाजिक सञ्जालमा लेखेका थिएँ । त्यसवापत् जिल्ला कमिटीले आफूलाई स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्दो भएन भन्दै निलम्बनको निर्णयसहितको पत्र सार्वजनिक भएको थियो ।