
बिर्तामोड, १३ मंसिर । बिर्तामोड नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई आउनुभएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला लगायतले प्रप्रअ भट्टराईलाई आज स्वागत गर्नु भएको छ । सूर्योदय नगरपालिका इलामबाट सरुवा भएर आउनु भएका भट्टराईलाई जनप्रतिनिधि र कर्मचारीले स्वागत गर्नु भएको हो । उहाँले आजैदेखि कार्यभार सम्हाल्नु भएको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरको काम प्रभावित भएको थियो ।
Facebook Comments Box


