भद्रपुर, १४ मंसिर । झापाको गौरीगञ्ज गाउँपालिकामा वडा नं. १ मा बिहीबार साँझा आगलागी हुँदा रू १५ लाख बराबरको क्षति भएको छ ।
गौरीगञ्ज–१ का ६५ वर्षीय नौलसिंह थापाको गाई गोठमा विद्युत् चुहावट भई आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट गाई गोठ र गाई गोठभित्र रहेको अन्न पात, भाँडा वर्तन, फर्निचर, चौपाया (तीन वटा खसी र तीन वटा बाख्रा) जलेको नष्ट भएको छ ।
अगलागी प्रहरी चौकी कुञ्जिबारीबाट खटिएको प्रहरी टोली, शिवसताक्षी नगरपालिकाको बारुण यन्त्र र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box