कचनकवल, १४ मंसिर। कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकमा भएको आगलागीबाट करिब ५ लाख ३० हजार बराबरको क्षति भएको छ।
शुक्रवार दिउँसो करिब १:५५ बजे सत्य नारायण राजवंशीको घरमा भाडामा लिइ केशव राजवंशीले सञ्चालन गरिरहेको त्यागी राजवंशी होटलमा अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको हो।
आगलागीका कारण उक्त होटलमा रहेका विभिन्न सामान जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साथै, नजिकै रहेका अन्य व्यवसाय पनि प्रभावित भएका छन्। झरेन्द्र पोडेलद्वारा सञ्चालित निहारी होटलमा १ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जय सिंह राजवंशीको घरमा भाडामा लिइ सञ्चालित सिर्मिक सहकारी संस्थाको मिटर र ऋऋत्ख् जलेर १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, अमर राजवंशीद्वारा सञ्चालित अमिला मेडिकल हलको ऋऋत्ख् जलेर १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी, र भद्रपुर नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। आगलागी २स्३० बजे नियन्त्रणमा आएको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।