बिर्तामोड, १४ मंसिर । झापाको पाडाजुँगी–गौरादह सडक खण्डमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन् ।
कमल गाउँपालिका–६ दहीचोकस्थित उक्त सडक खण्डमा गौरादहबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र. ३–०१–०२२ च ५४९४ नम्बरको कार मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो । दुर्घटनामा गौरादह–१ निवासी ५४ वर्षीया दिव्या दाहाल, ३५ वर्षीया जुना दाहाल र ४५ वर्षीया शारदा दाहाल घाइते भएका छन्।
उनीहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, कार चालक गौरादह–१ निवासी अन्दाजी ३० वर्षीय विदुर दाहाल सकुशल रहेका छन् ।
Facebook Comments Box