शिवसताक्षी, १४ मंसिर । झापाको शिवसताक्षी ८ मा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले ४० औं स्थापना दिवस मनाएको छ ।
विद्यालयका एक कार्यक्रमको आयोजनामा विद्यालयलाई सहयोग गर्ने विभिन्न दाताहरुलाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसर पारेर विद्यालयले २६ जना दाताहरुलाई सम्मान गरेको छ ।
विद्यालयले स्थानीय स्तरमा रहेर लामो समय काम गर्ने पत्रकार सरोज भट्टराई पनि सम्मान गरेको छ । पत्रकार भट्टराईलाई सत्य र निष्पक्ष पत्रकारितामार्फत जनचेतना अभिवृद्धि गर्न, समाजमा सकारात्मक परिवर्तन ल्याउन विशेष भूमिका खेलेको भन्दै विद्यायलयले सम्मान गरेको जनाएको छ ।
विद्यार्थीहरुको छात्रबृत्तिका लागि स्थापना गरिएको अक्षयकोषका लागि आजै स्थानीय मनोजकुमार लावतीले ५० हजार, वडाध्यक्ष सन्तकुमार फेउदिनले २५ हजार र वडाध्यक्ष पुष्लाल पाण्डेले १० हजार विद्यालयलाई प्रदान गरेका थिए । शिवसताक्षीको झिलझिलेमा रहेको गोपाल गौरी दिगो विकास प्रतिठानले पनि कार्यक्रम सञ्चालन गर्ने कोडिम विद्यालयलाई प्रदान गरेको छ ।
त्यसैगरी, गएको एक वर्ष भित्र समाजेवी मचिन्द्र सेर्माले २५ हजार, जंगविर इजमले २५ हजार, श्री राष्ट्रिय रमणीय आदर्श माविका पूर्व प्र.अ. उमानाथ दाहालले ५ हजार रकम प्रदान गरेका थिए ।
उनीहरुलाई विद्यालयले सम्मान गरेको विद्यालयकी प्र.अ.ताराकुमारी लावतीले जानकारी दिइन् । अन्य एक वर्ष भित्र विद्यालयको भौतिक निर्माणका लागि इटा, ढुंगा, सिमेन्ट, रोङरोगन गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको हो । विद्यालयमा अध्यननरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री तथा जाडोमा लाउने न्यानो कपडा वितरण गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई समेत विद्यालयले सम्मान गरेको जनाएको छ ।
स्थापना दिवसमा कार्यक्रमका शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले यस विद्यालय सिमित श्रोत साधानले सञ्चालन भए विस्तारै विद्यालयमा सुधार आएको बताए । यहाँका शिक्षक र अभिभावकहरुको सहयोगबाट विद्यालयमा सुधार आउँदैछ । उनले भने, नगरपालिकाले पनि विद्यालयको कम्पाण्ड वाल निर्माण गर्ने र विद्यालय भवनको चुहिने छानालाई नयाँ हाल्ने गरी काम गर्ने योजनामा छौं ।
कार्यक्रममा स्थानीय रत्नकुमार लावतीले श्रीमति स्व.लोकमाया लावती र छोरा स्व. लिलाराम लावतीको नाममा अरुणोदय आधारभूत विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न विद्यार्थीहरुलाई हाउस ड्रेस वितरण गरेका छन् । उनले उक्त विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई हाउस ड्रेस वितरण गरेका हुन् ।
कार्यक्रममा सोही विद्यालयमा अध्यापन गराउने शिक्षिका युवा दाहाल अर्को विद्यालयमा सुरुवा भएकाले उनलाई विदाई गरेको थियो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक तारा कुमारी लावतीले विद्यालयको समस्या र चुनौतिबारे प्रष्ट पारेकी थिइन् ।
कार्यक्रममा वडाध्यक्ष सन्त फेउदिन, शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्की, सरस्वती आधारभूत विद्यालयका प्र.अ. लक्ष्मीप्रसाद भट्टराई, गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर विश्वकर्माको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन शिक्षक गंगामाया ढकालले गरेकी थइन् ।