
ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेकी उम्मेदवार कुमारी सावादेन विजयी हुनुभएको छ ।
उहाँ ३५३ मतका साथ विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले २५२ मत ल्याउनुभयो । कांग्रेसका भीमकुमार लक्सम्वाले २१८ मत , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले ५४, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ७ मत मात्र प्राप्त गर्नुभएको छ ।
Facebook Comments Box



