
भद्रपुर, १८ मंसिर । झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो प्रहरी अवैध सुपारी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पिङ्की ठ्याक हुँदै भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको करिब १२० केजी सुपारी (अन्दाजी मूल्य १ लाख ८ हजार) बराबरको नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


