
झापा, २४ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिका–४ धर्ममार्गस्थित किरण मगरको खाली घरको कुखुराको खोरमाथि नवजात शिशु (छोरी) फेला परेको छ।
करिब दुई दिनकी शिशुलाई घाँस काट्न गएकी मिना लिम्बूले फेला पारेकी हुन् । शिशुलाई वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणका लागि जिम्मा दिई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । शिशुको अवस्था सामान्य रहेको जनाइएको छ । यसअघि, कात्तिक २९ गते मेचीनगरको निन्दा खोलामा सालनालसहित नवजात शिशु फेला परेको थियो, जसको पाँच दिनपछि निधन भएको थियो ।
Facebook Comments Box


