
मेचीनगर, २४ मंसिर । झापाको मेचीनगर नगरपालिका–१४ स्थित मदरसामा आगलागी भएको छ ।
गए राति मेचीनगर–१४ प्रणामी नगर टोलमा रहेको एक तले पक्का माथि टिनको छाना भएको मदरसा (मझारे सरिफ) को सभाहलमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो ।
आगलागीबाट मदरसामा आंशिक क्षति पुगेको छ । आगलागीबाट करिब ३ लाख बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, मेचीनगर नगरपालिका र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


