
झापा, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार वीरगञ्ज लगिएको छ। उनलाई पोखराबाट काठमाडौं र त्यसपछि बुद्ध एयरमार्फत सिमरा पुर्याइएको हो। सिमराबाट गाडीमार्फत उनलाई वीरगञ्ज लगिएको जानकारी प्राप्त भएको छ।
लामिछानेले आफूलाई प्रतिशोधको भावनाले ज्यादती गरिएको र यस क्रममा परिवारलाई पनि मानसिक तनाव दिइएको आरोप लगाएका छन्। उनले सहकारीको रकम हिनामिना नगरेको दाबी गर्दै अरुको गल्तीका लागि आफूलाई दोषारोपण गरिएको बताए।
उनको भनाइमा अहिलेसम्मको अनुसन्धानले कुनै नयाँ तथ्य बाहिर नल्याएको र आफूलाई अनावश्यक रूपमा देशभर घुमाएर दुःख दिने काम भइरहेको छ। इजलासमा लामिछानेले आफूविरुद्ध भइरहेको घटनालाई ूगलाउनकै लागि भएको प्रयासू को संज्ञा दिएका छन्।


