
विराटनगर, २३ पुस । मोरङ र सुनसरीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २२ गते मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ वर्षीय रोशन बिकलाई निषेधित औषधी ट्रमाडोल ३४० चक्की र स्पासपेन ३८० चक्की सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उप(महानगरपालिका–२० का २१ वर्षीय मनिष खड्का र ३२ वर्षीय दिपेन थापा मगरलाई ट्रामाडोल र स्पासमो ८० चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–८ का १९ वर्षीय अभिषेक मंग्रान्तीलाई ट्रामाडोल १०० क्यासप्सुल, प्रतिबन्धित औषधि स्पासपेन २० चक्की र स्पासमो ३० चक्कीसहित नियन्त्रणमा लिएको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।


