
मेष : कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। स्वास्थ्यमा समस्या आउँदा औषधि उपचार खर्च बढ्न सक्छ। प्रेमीको साथ पाइनेछ।
वृष : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ। पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ। तर, प्रशासनिक निकायको भय भने रहनेछ।
मिथुन : नसोचेको ठाउँबाट धन हात पर्न सक्छ। प्रेम सम्बन्ध कसिलो होला। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। घरमा अतिथिको आगमन हुनेछ। झगडा पर्ने सम्भावना रहेकोले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।
कर्कट : शुभ समाचार सुन्न पाइएला। नयाँ काम सुरु गर्ने समय आएको छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ।
सिंह : काममा प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछन्। विगतका समस्या बल्झिन सक्छन्। साँझमा महत्त्वपूर्ण कार्य सम्पादन हुनेछ र भ्रमणको योजना बन्नेछ।
कन्या : अधुरो कामले पूर्णता पाउनेछ। कर्मप्रेमीहरूका लागि दिन बढी फलदायी रहनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।
तुला : सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्ला। स्वादिष्ट भोजनको अवसर जुर्ला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
वृश्चिक : मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ। परीक्षामा उत्तीर्ण भइनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले पनि साथ दिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा भने सावधानी अपनाउनु पर्नेछ।
धनु : लाभहानि बराबरी हुनेछ। बलले भन्दा बुद्धिले काम गर्नु उचित हुनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ। थकान हटेर ताजगी महसुस होला।
मकर : आकस्मिक धनलाभ हुनेछ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। दिनको उत्तरार्धमा भने धन खर्च होला। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।
कुम्भ : अरूलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ।
मीन : सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्यको योजना बन्नेछ। (२०८१ पुस २४ गते बुधबार)


