
झापा, २५ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
बिहीबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई तथा उपत्यका क्षेत्रमा हुस्सु र कुहिरो लाग्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
महाशाखाले भनेको छ, ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’


