
चन्द्र बस्नेत
कनकाई, ६ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ अन्तर्गत आज भएको दोस्रो दिनको चार खेलबाट २ टोली क्वाटर तथा २ टोली सेमिफाइनलमा प्रवेश गरेका छ्न।
सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा आज भएको दोस्रो दिनको चार खेलबाट भद्रपुर नगरपालिका , बिर्तामोड नगरपालिका क्वाटर फाईनलमा पुगेका हुन भने सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र टिभिए सिक्किमको पाउना टोली क्वाफाईनल बाट सेमिफाइनलमा प्रवेश गरेका छ्न।
भद्रपुर र गौरादह नगरपालिकाबीच भएको पहिलो खेलमा भद्रपुर नगरपालिका बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच भएको दोस्रो खेलमा बिर्तामोड नगरपालिका क्वाफाईनलमा पुगेको प्रतियोगिताका संयोजक जेनिस चौलागाईले
जानकारी दिनुभयो ।
त्यसैगरी आजै भएको सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र मेचीनगर नगरपालिकाबीच भएको क्वाटर फाईनलबाट सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र झापा गाउँपालिका र टिभिए सिक्किमको पाउना टोलीसँग भएको अन्तिम खेलमा टिभिए सिक्किमको पाउना टोली विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको आयोजक समितिकी जनसम्पर्क अधिकारी सरिता गुरगाईले जानकारी दिनुभयो ।
खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष दुर्गा पाठक राजुले बताउनुभयो । आज भएको दोस्रो दिनको प्रतियोगितामा जेसीज पूर्व अध्यक्ष कुमारमणि पोखरेल, शिवकुमार कडेल, एलपी उप्रेती, जविन तिम्सिना , जनक कार्की , सरला दाहाल पोखरेल ,कमल कटेल, उषा उप्रेती,मोतिखर ओझा , सुस्मा न्यौपाने सुरुङ्गा जेसीस सन् २०२५ का अध्यक्ष दिपेन्द्र प्रधान विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , खेल प्रेमी सयौंको उपस्थित रहेको थियो ।
प्रतियोगितामा प्राथमिक उपचारको प्राविधिक सहयोग समर मेडिसन डाइग्योनिष्ट्रक सेन्टर सुरुङ्गाले गरेको छ । भोलि सोमबार पनि क्वाटर फाईनलका २ खेल भद्रपुर नगरपालिका झापा र बेलबारी नगरपालिका मोरङ त्यसैगरी शिवसताक्षि नगरपालिका र बिर्तामोड नगरपालिका झापाबीच हुने बताएको छ।
त्यसैगरी भोलि सोमबार नै हुने पहिलो सेमिफाइनलमा सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङले भद्रपुर नगरपालिका झापा र बेलबारी नगरपालिका मोरङको विजेतासँग खेल हुने त्यस्तै दोस्रो सेमिफाइनलमा टिभिए सिक्किमको पाउना टोलीले शिवसताक्षि नगरपालिका र बिर्तामोड नगरपालिका झापाबीचको विजेतासँग खेल हुने आयोजक समितिका अध्यक्ष दुर्गा पाठक राजुले जानकारी दिनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमलाई नगद एक लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई नगद ६१ हजार १११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट कलर टेलिभिजन र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीलाई जनही ५ हजार १०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार हाल इजरायल निवासी प्रेम उप्रेती र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराउने जनाइएको छ । मुख्य प्रायोजकका रुपमा सुरुङ्गाको पशुपति अंग्रेज़ी माध्यमिक विद्यालय र प्रायोजकका रुपमा कनकाई नगर खेलकूद समिति रहेको छ । सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष पाठकको अध्यक्षतामा भएको औपचारिक प्रतियोगितामा खेल संयोजक चौलागाईंले सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव रिसव सिङ्ग चाहारले गर्नुभएको गर्नुभएको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


