
झापा, ८ माघ । सिक्किमको जोरथाङ नाम्चीमा सम्पन्न १० औं अल इन्डिया चिफ मिनिस्टर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले हात पारेको छ ।
प्रतियोगिताको आज मङ्गलबार भएको फाइनल खेलमा ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड क्लब लाई २–० को गोल अन्तरले पाखा लगाउँदै झापा ११ फुटबल क्लब विजयी बनेको हो । जितमा झापा ११ फुटबल क्लबका तर्फबाट सन्तोष खत्री र प्रदिप बुढाथोकीले गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच विजेता झापा ११ का सन्तोष खत्री घोषित भए । जीत सँगै विजेता बनेको झापा ११ फुटबल क्लबले नगद २० लाख भारतीय रुपैयाँ हात पारेको छ भने उपविजेता चर्च ब्वाईजले १० लाख भारतीय रुपैयाँमा चित्त बुझाएको छ । कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री प्रेमसिंह तामाङ साथमा पूर्व विधायक महोदया कृष्ण राई लगाएतले विजेता उपविजेता बनेको खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


