
भद्रपुर, ९ माघ । भद्रपुर जेसीज सन् २०२५ को अध्यक्षमा शैलेश श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । भद्रपुर जेसीजको ५० औं साधारणसभा तथा ४९ औं शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो ।
समितिको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र खडका र निरप्रसाद अधिकारी, महासचिवमा हेडम्बराज निरौला, कोषाध्यक्षमा सरोज ढकाल, उपाध्यक्षहरू कुशल न्यौपाने, आरोग्य तिम्सिना, अनुभव श्रेष्ठ, सुमन बिमली र कानुनी सल्लाहकारमा रबिन कार्की चयन भएका छन् ।
महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार निर्वाचित अध्यक्षले मनोनित गरेका हुन् । नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम माघ १६ गते हुने जनाइएको छ ।
Facebook Comments Box


