
झापा, १४ माघ । झापाको हल्दिबारी गाउँपालिका–१ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १३ गते बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १–०१–०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दिवारी–१ का २० बर्षीय सोनु कर्मकार र दमक नगरपालिका–८ का २३ वर्षीय सक्षम भट्टराईलाई ५ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


