
झापा, १७ माघ । अमेरिकाबाट १३६५ नेपाली निष्कासनमा पर्ने भएका छन् । अमेरिकाले सार्वजनिक गरेको आफ्नो देशमा बस्दै आएका अवैध आप्रवासीको सूची निष्कासनमा पर्ने नेपालीको संख्या १ हजार ३६५ रहेको त्यहाँस्थित अध्यागमन कार्यालयले जनाएको छ ,
डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेका थिए । उक्त अनुसार अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार ५ सय ४९ जना रहेको उल्लेख गरेको हो ।
अमेरिकाबाट बाहिरिने आप्रवासीमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार छ सय ५१ जना रहेका छन् । ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४, एल साल्भाडोरका २ लाख ३ हजार ८२२, चीनका ३७ हजार ९०८, भारतका १७ हजार ९४० जना, अफगानिस्तानका १ हजार ७०८, बंगलादेशका ४ हजार ८३७ जना, बहराइनका १७ जना छन् ।


