
बिर्तामोड, १८ माघ । निजी विद्यालयतर्फ निदि आदर्श युनिटी कप बिहीबारदेखि निदिको खेल मैदानमा शुरु भएको छ।
खेलको माध्यमबाट विद्यार्थीहरुलाई एकजुट गरी राष्ट्र निर्माणमा टेवा पुर्याउन उद्देश्यले खेल सुरु गरिएको निदि इन्द्रेणी क्यापस प्रमुख तथा निदि आदर्श युनिटी कपका कार्यक्रमका अध्यक्ष रन्जित शाहले खेलको उद्गघाट्न गर्दै बताउनु भएको हो ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाका कार्यबाहक अध्यक्ष उत्तम खनालको प्रमुख आतिथ्य, आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दीपक दास, कलेजका कोर्डिनेटर तथा सुरुवाती कोठा नेपाल झापाका कोषाध्यक्ष यज्ञराज कडरिया, निदि स्कुलका प्रिन्सिपल भिष्भ प्रसाईले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको औपचारिक सञ्चालन निदि कलेजका शिक्षक सरोज घिमिरेले गर्नुभएको थियो ।
खेलमा अफिसियलका रुपमा उदय ठाकुर, सन्तोष धिमाल, सन्तोष दनुवार तथा फोर्थ अफिसियलमा शितल लिम्बु रहनु भएको छ। औपचारिक उदघाट्न खेलमा निदि कम्पुटर साइन्स र बिजनेस स्टडिज बीचको खेल भएको थियो । प्रतियोगितामा सात वटा टिमले सहभागिता जनाउने आदर्श स्कुलका अफिसियल कोच दीपेश खतिवडाले जानकारी दिनुभयो ।


