
झापा, १८ माघ । झापाको बिर्तामोड–५ स्थित निर्मित गायत्री मन्दिरमा गायत्री माताको प्रतिमा प्राण प्रतिष्ठा गर्नु अघि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ ।
अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले गरेका छन् । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठान माघ २१ गतेसम्म सञ्चालन हुने हुनेछ । स्थानीय दाता, बिर्तामोड नगरपालिका र प्रदेश सरकराको संयुक्त अढाई करोड रुपैयाँको लगानीमा निर्माण गरिएको गायत्री माताको मन्दिर परिसरमा अनुष्ठान शुरु भएसँगै दैनिक नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा भजन कीर्तनको आयोजना गरिएको महाप्रसाद वितरण गरिने बताइएको छ ।
आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक रौनक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।


