
बनियानी, १९ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको आज आठौं पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै नेता गजुरेलले पार्टीलाई नयाँ तरिकाले अघि बढाउन आवश्यक रहेको नेता–कार्यकर्ता रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टी भित्रका अन्तरविरोध हटाउनु पर्ने बताउनुहुँदै उहाँले सुधारात्मक अन्तरविरोध आवश्यक रहेको औंल्याउनुभयो । “पार्टीलाई मजबुद बनाउन सबै नेता–कार्यकताहरु तल्लो तहमा उत्रिएर वैचारिक रुपमा नागरिकलाई संगठित गर्नुपर्छ”, प्रदेश नं. १ का इञ्चार्ज समेत रहनुभएका उहाँले भन्नुभयो, “अब युवाहरु जाग्नु पनि जाग्नुपर्छ ।”
पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटीले गर्दा पार्टी कमजोर भएको उहाँले उल्लेख गर्नुभयो । “बिरुवा आधुनिक भए पनि परम्परागत रुपमा मजलज गर्दा प्रतिफल पाउन सकिँदैन”, उहाँले भन्नुभयो, “हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नु पर्छ ।”



