
कञ्चनपुर, १९ माघ । नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुरको भीमदत्त–१८ स्थित वडा कार्यालय नजिकैको सडकमा घोप्टो परेको अवस्थामा आज बिहान उहाँको शव फेला परेको हो । करिब ४० वर्षीय कलौनीको मृत्यु रहस्यमय देखिएकाले सत्य तथ्य जाँचबुझ गर्नुपर्ने चौतर्फी माग भइरहेको छ । घटनाबारे थाहा पाए लगत्तै प्रहरीले अनुसन्धान थालेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।
Facebook Comments Box


