
हल्दिबारी, १९ माघ । झापा हल्दीबारी गाउँपालिकामा १५ औँ राष्ट्रपति रनिङ शील्ड खेलाडी छनौट प्रतियोगिता शुरु भएको छ ।
यहाँस्थित हल्दिबारी माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा गाउँपालिकाका सामुदायिक र संस्थागत गरी १२ वटा विद्यालय सहभागी छन् । राष्ट्रपति रनिङ शिल्डका खेल संयोजक एवम् वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको औपचारिक उद्घाटन कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टीकादेवी राउत, शिक्षा अधिकृत जनककुमारी राई, नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, २ का वडाध्यक्ष शुकलाल राजबंशी, विद्यालय प्रधानाध्यापक टंकबहादुर पाख्रिन लगायतको आतिथ्य रहेको थियो ।
शुक्रबार भएको खेलमा मार्च तर्फको विजेता सरस्वती मावि, द्वितीय हल्दिबारी मावि र तृतीय जनजागृती मावि भएको छन् । अभिभावक दौड पुरूषतर्फ अजित बिष्ट, द्वितीय देबि थापा, र तृतीय सन्तकुमार थापा भएका थिए। अभिभावक दौड महिला तर्फबाट विजेता टीकादेवी राउत, द्वितीय पवित्रा परियार र तृतीय शान्ता शिवाकोटी भएका छन् ।
त्यसैगरी सटपुट छात्रतर्फ प्रथम सिग्मा अग्रेजी बिद्यालयका अभिषेक राजवंशी, द्वितीय चिल्ड्रेन एकाडमीका दिलिप चौहान, तृतीय हल्दिबारी माबिका विवेक श्रेष्ठ, सटपुट छात्रातर्फ प्रथम लक्ष्मी माबिकि रोजिना राई, द्वितीय हल्दिबारी माबिकि सुस्मिता कार्की, तृतीय सिग्मा अंग्रेजी स्कुलकि प्रतिक्षा याख्खा भएकी थिइन् ।
लङजम्प छात्रतर्फ प्रथम जनजागृति माबिका आयुष पराजुली, द्वितीय चिल्ड्रेन गाडेन अंग्रेजी माबिका अनुराग ढकाल र तृतीय सरस्वती माबिका अनिश हेमरम भएका थिए भने लङजम्प छात्रातर्फ प्रथम लक्ष्मी माबिकिसुशिला हास्दा, द्वितीय हल्दिबारी माबिकि समिका मुर्मु र तृतीय जनजनगृति माबिकि सरस्वती बानिया भएकि थिइन् ।


