
नेपालगन्ज, २५ मंसिर । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन् ।
देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे ।
‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो ।’
खाँका जेठी र माइली पत्नीबाट ६÷६ गरी १२ सन्तान छन् । उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२ वर्षीया भान्जी सिराजुन निशा जोलाहिनसँग प्रेमविवाह गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

