
झापा, २० माघ । झापाको झापा गाउँपालिकाबाट आज दिउँसो लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल र ३८ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । झापा गाउँपालिका–४ बालुबाडी स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिक बाहेक १ ग्राम ४५ मिलिग्राम फेला परेको थियो ।
साथै, चिरञ्जीवी भुजेलको साथबाट १८ हजार र सुरेश ऋषिदेवको साथबाट ८८ हजार ३०० रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


