
काठमाडौं, २५ मंसिर । सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ ।
अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो ।
घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ बर्षीय सुदीप ढुंगानलाई फक्राउ गरेको । उनले नौ महिनादेखि सुधारगृहमा रहेको १४ बर्षीय बालक र २१ बर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

