
झापा, २५ माघ । झापाको बिर्तामोड नगरपालिका–४ को एक लजमा बसेका हल्दिबारीका एक युवा मृत फेला परेका छन् ।
गएराति ११ बजे बिर्तामोड–४ स्थित एभरेस्ट होटल एण्ड लजमा हल्दिबारी–१ गोलधापका ३० वर्षीय सागर बेस्रा मृत फेला परेका हुन् । कनकाई नगरपालिका–७ दुर्गापुरकी २३ की मुना बिकसँग खाना खाएर उनी होटल सुतेका थिए ।
बेस्रा सुतेको कोठाभित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडेर बेहोस भएको अवस्थामा उनकी साथी मुना बिक र होटल सञ्चालकले उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगेकोको थियो । हस्पिटलका चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।
प्रहरीले होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेती र मृतकसँग बस्ने मुना बिकलाई नियण्त्रणमा लिएको छ ।
Facebook Comments Box


