झापा, २५ माघ । झापाको कनकाई नगरपालिकाबाट बिहीबार साँझ प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
कनकाई नगरपालिका–४ स्थित त्रिवेणी टोलमा लागुऔषध बेचबिखन भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३१ वर्षीय डम्बरबहादुर माझीलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित १ ग्राम ७०० मिलि ग्राम (प्लाष्टिक बाहेक ६४० मिलिग्राम) फेला परेकोले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box



