
झापा, २७ माघ । आज देशका पाँच प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। राति पनि हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यस्तै दिउँसो बागमती प्रदेशको हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। राति भने यो प्रदेशमा हिमपातको सम्भावना छैन। दिउँसो गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छभने राति पनि सो प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रका दिउँसो एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने राति पनि सो प्रदेशको हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। यस्तै दिउँसो सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। रातिलाई भने सो प्रदेशमा हिउँ पर्ने सम्भावना छैन। यसबाहेक अन्य प्रदेशमा भने मौसम बदली भए पनि हिमपात वा वर्षाको सम्भावना नरहेको मौसम महाशाखाले जनाएको छ।


