
झापा, २७ माघ । केलियन एमबाप्पेको निर्णायक गोलमा रियल मड्रिड स्पेनिस ला लिगामा अंक बाँड्न सफल भएको छ ।
शनिबार राति मड्रिड डर्वीमा भएको खेलमा रियलले एथलेटिको मड्रिडसँग १–१ को बराबरी गर्दै अंक बाँड्न सफल भएको हो । खेलको ३५ औँ मिनेटमा जुलियन अल्भारेजको पेनाल्टी गोलमा एथलेटिकोले सुरुवाती अग्रता बनाएको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलको दोस्रो हाफमा पुनरागमन गर्दै अंक खोस्न सफल भयो । खेलको ५० औँ मिनेटमा केलियन एमबाप्पेको गोलमा रियल खेलमा फर्किएको थियो ।
लिगको २३ खेलमा १५ खेल खेलेमा जित, ५ खेलमा बराबरी र ३ खेलमा बराबरी गरेको रियल ५० अंकमा शीर्ष स्थानमा छ। समान खेलबाट १४ खेलमा जित, ७ मा बराबरी र २ मा हार भोगेको एथलेटिको ४९ अंकमा दोस्रो स्थानमा छ। मड्रिडभन्दा एक खेल कम खेलेको बार्सिलोना ४५ अंकमा तेस्रो स्थानमा छ। गएराति भएको अर्को खेलमा एथलेटिको क्लबले जिरोनालाई ३–० ले तथा तथा सेल्टा भिगोले रियल बेटीसलाई ३–२ ले पराजित गरेको छ। अर्को खेलमा भिल्ला रियलले लस पलमासलाई २–१ ले पाखा लगायो।


