बिर्तामोड, ३ फागुन । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापाको अध्यक्षमा जगत गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।
परिषदको झापाको बिर्तामोडमा आज सम्पन्न चौथो अधिवेशनले उहाँको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । परिषदको उपाध्यक्षमा उदय गुरुङ, महासचिवमा रामप्रसाद गुरुङ, संगठन सचिवमा भागिमान गुरुङ, प्रचार सचिवमा अम्बरबहादुर गुरुङ, कोषाध्यक्षमा रतन बहादुर गुरुङ, सह–कोषाध्यक्षमा सलबहादुर गुरुङ चयन हुनुभएको छ ।

त्यसैगरी, जिल्ला कार्यसमिति सदस्यहरुमा हरि गुरुङ, कविता घले गुरुङ, बीर्खबहादुर गुरुङ, गणेश गुरुङ, मानबहादुर गुरुङ, जीवनकुमार गुरुङ, शंखर गुरुङ, नविना गुरुङ, ध्रुवकुमारी गुरुङ, दिलिपकुमार गुरुङ, धनकुमारी गुरुङ चयन हुनु भएको छ ।
गुरुङ महिला राष्ट्रिय परिषदमा दुर्गादेवी
त्यस्तै, आजै तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद झापाको नयाँ कार्यसमिति चयन भएको छ । दुर्गा देवी गुरुङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्ष शशीकला गुरुङ, संगठन सचिवमा रसमाया गुरुङ, प्रचार सचिवमा विष्णु माया गुरुङ, कोषाध्यक्ष लक्ष्मी गुरुङ, सह–कोषाध्यक्षमा सोममाया गुरुङ चयन हुनुभएको छ ।
तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सदस्यमा हिमा गुरुङ, खिनामाया गुरुङ, रिता गुरुङ, सुशीलादेवि गुरुङ, चन्द्रकला गुरुङ, बलमाया गुरुङ, कल्पना गुरुङ र गंगा गुरुङ चयन हुनु भएको छ ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद झापा र तमु ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिसद झापाको संयुक्त आयोजनामा परिषदका झापा अध्यक्ष टिकाराम गुरुङको अध्यक्षता तथा परिषदका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यमा अधिवेशनको खुला सत्र सम्पन्न भएको थियो ।

अधिवेशनको अवसरमा गुरुङ समुदायबाट उच्च शिक्षा हासिल गरेका चार जना उत्कृष्ट झापाली गुरुङ विद्यार्थीलाई सम्मान गरिएको छ । कार्यक्रममा सरस्वता गुरुङ (एमबीबीएस उत्तीर्ण), अनुषा गुरुङ (आर्किटेक इन्जिनियर उत्तीर्ण), प्रतिमा गुरुङ (बिएससी आइटी उत्तीर्ण) र संगीता गुरुङ (बिएससी रेडियोलोजी उत्तीर्ण) लाई सम्मान गरिएको थियो ।

लामा गुरुहरुले स्वतिवाचन गरेको कार्यक्रममा परिषदका झापा बरिष्ठ उपाध्यक्ष जगत गुरुङले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उदय गुरुङ नेतृत्वको टोलीले स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङ, तमुस्योका केन्द्रीय अध्यक्ष तिलचन गुरुङ, केन्द्रीय महासचिव डम्बरबहादुर गुरुङ, केन्द्रीय सचिव शन्तलाल गुरुङ, तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सचिवालय सदस्य जलकुमार गुरुङ, परिषदका कोशी प्रदेश प्रमुख केशरमान गुरुङ, केन्द्रीय सदस्य आनन्द गुरुङ, प्रदेश अध्यक्ष होम घले, प्रदेश उपाध्यक्ष सावित्रा घले, गुरुङ तमुस्यो छोंज धीं झापा अध्यक्ष अमृता गुरुङ, बिर्तामोड नगरपालिका–१० का अध्यक्ष दुर्योधन गुरुङ, परिषदका मेचीनगर अध्यक्ष सुवास गुरुङ लगायते शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन परिषदका महासचिव रामप्रसाद गुरुङले गर्नुभएको थियो । परिषदले झापाका १५ वटा पालिकामध्ये ११ वटा पालिकामा पालिकास्तरीय समिति समेत गठन गरिसकेको छ ।


