झापा, २३ फागुन । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बोधिचित्तको दाना र मालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बेलुका ८ बजे हवाइजहाज चढेर काठमाण्डौ जान लागेका काभ्रेपलान्चोक साविक ठुलोपर्साल गाविस वडा नं. ८ घर घई हाल काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धका ५२ वर्षीय सानुबाबु तमाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले ल्याएको झोला तथा सुटकस विमानस्थल सुरक्षागार्डमा खटिएका प्रहरी कर्मचारीले चेकजाँच गर्ने क्रममा कागज पत्र र बिलबिनाको बोधीचित्तको माला ११० थान र बोधिचित्तको दाना १५ किलो बरामद गरिएकाले आवश्यक कारवाहिको लागिआज मानिस समेत डिविजन वन कार्यालय झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


