झापा, ४ चैत । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित दुधे चोक नजिक भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा घाइतेको बालकको मृत्यु भएको छ ।
चैत १ गते दुधेबाट शिवगञ्जतर्फ जाँदै गरेको प्र १–०१–००१च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री शिवसताक्षी–९ का १२ वर्षीय आदर्श खनाललाई ठक्कर दिएको थियो । ठक्कटरबाट गम्भीर घाइते भइ उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पठाइएकोमा उपचार क्रममा चैत ३ गते मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पिकअप चालक शिवसताक्षी–११ का २७ वर्षीय सागर भन्ने सिटु पौदारलाई नियन्त्रणमा लिएर कारबाहीसँगै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


