चन्द्र बस्नेत
कनकाई, ४ चैत । झापा मेचीनगरको चाराआलीस्थित पाउ पाथीभरा मन्दिर परिषरमा शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उद्देश्यका साथ शिव महापुराण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको हो । पाउ पाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण एवं भजन कृतन तथा झाँकीसहितको नवाह महायज्ञ आगामी चैत १७ गते आइतबारदेखि चैत २५ गते सोमबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक लोकराज ढकालले जानकारी दिनुभयो ।

धार्मिक धामको सुदृढ व्यवस्थापनका साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पूरा गर्न महायज्ञको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष तथा पुराण व्यवस्थापन समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।
महायज्ञ सम्पन्न गर्न १ सय १ मुल आयोजक समिति गठन गरेको र विभिन्न १७ वटा उपसमिति निर्माण गरी तयारीलाई तीव्रता दिएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो ।
हरेक वर्ष पाउ पाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको र यसकै निरन्तरता स्वरूप नवाह महायज्ञ आयोजना गर्न लागेको र यसको सम्पूर्ण तयारी पूरा भएको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महायज्ञ समितिका पुजा व्यवस्थापन समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो ।
महायज्ञ सम्पन्न गर्न करिब १० लाख रुपैयाँँ खर्च लाग्ने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष तथा पुराण व्यवस्थापन समितिका आर्थिक संयोजक लालबहादुर थेवे बताउनुभयो । १७ गते आइतबार उद्घाटन हुने महापुराण कथा प्रवचन दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा बिहान ७ बजेदेखि १० बजेसम्म एवम् रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ ।
महायज्ञको कथा वाचन आचार्य पं. बालकृष्ण अर्याल र पाठ पारायण पं. प्रदिप दवाडीबाट हुने प्रचार–प्रसार समितिका संयोजक रेवत दाहालले जानकारी दिनुभयो । महायज्ञ सम्पन्न गर्न आर्थिक एवम् विभिन्न रुपले सक्रिय भई सहयोग गर्न आमजनसमुदाय समक्ष पुराण व्यवस्थापन समितिका संयोजक ढकालले अपिल गर्नुभएको हो । आगामी चैत २४ गते सामूहिक रामनवमीको अवसर पारेर सामूहिक वर्तमान तथा गुन्युचोली पनि हुने भएकाले यदि कसैको त्यस्तो चाहना भए सम्पर्क गर्न पनि पुराण व्यवस्थापन समितिका संयोजक ढकालले आग्रह गर्नुभयो ।
त्यस्तै, २४ गते साँझ लक्ष्यवर्ति दीप प्रज्वलन, श्रृङ्गार, आरती , महात्म्य आदि हुने र २५ गते सोमबार पुरणावति, तिलकप्रसाद वितरण, गुरु पण्डित बिदाइसहित समापन हुने आयोजक समितिले जनाएको छ ।


