
झापा, २४ चैत । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार ९०० रुपैयाँले घटेर आज तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको बिहिवार अहिलेसम्मकै उच्च एक लाख ८० हजार ३०० रुपैयाँ पुगेको सुनको भाउ अस्ति शुक्रवार तीन हजार ९०० रुपैयाले घटेर तोलाको एक लाख ७६ हजार ४०० रुपैयाँमा झरेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ७० रुपैयाँले घटेर आज तोलाको एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ । अस्ति शुक्रवार चाँदी तोलाको एक हजार ८७० रुपैयाँ थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।